काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वर्तमान सरकार इतिहासकै नालायक गितिहीन सरकार रहेको बताएका छन्।
प्रधानमन्त्रीले रामराज्य आइसक्यो भन्ने गरेको तर सरकार इतिहासकै गतिहीन र नालायक रहेको टिप्पणी गरेका हुन्। बास्कोटाले आफूले नगरकोटको बाटो बनाइदिन भौतिकमन्त्रीसँग ४ पटक अनुरोध गरेको तर कुनै सुनुवाइ नभएको र काभ्रेका किसानहरूले दूधको पैसा अहिलेसम्म नपाएको बताए।
‘यही हो रामराज्य यो भन्दा नालायक, योभन्दा गतिहीन, यो भन्दा जवाफदेहीताविहीन सरकार इतिहासमा कहिल्यै थिएन जसको न कान छ न आँखा छ,’ बास्कोटाले भने।
बास्कोटाले बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोलेका हुन।