काठमाडौं। नेपाली समाजमा थुप्रै कारणहरुले डि’भोर्सको घटना दिन प्रतिदिन बढ्दै छ ।
कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? श्रीमतीलाई खुसी बनाउने २० सुत्रहरु अपनाउनुभयो भने तपाइको दाम्पत्य जीवन सफल हुन सक्छ ।
यस्ता छन् केहि टिप्सहरू… :
१ – श्रीमतीको मूडको ख्याल राखेर ब्यवहार गर्ने।
२ – श्रीमतीका कुरा सुन्ने र सकेसम्म् उनको माग अनुसारको सपिङ गर्ने।
३ – श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाउने।
४ – कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने।
५ – बेला-बेला घुम्न लैजाने।
६ – अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै हास्ने र चुलो चौकामा साथ दिने।
७ – श्रीमतीका साथीहरूको सम्मान गर्ने र श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।
८ – आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने।
९ – फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्नुअघि ख्याल गर्ने।
१० – काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने ।
११ – कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने।
१२ – भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने।
१३ – घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने।
१४ -आफू जतिसुकै बिजि भएपनी दिउँसो सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।
१५ – श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने।
१६ – पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।
१७ – श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने।
१८ – श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
१९ – श्रीमती उठ्ने बित्तिकै चिया बनाउने।
२० – श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।
श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने। सोधिहाले, अप्सरा झै देखीए की छौ भनेर कालो टिका लगाई दिने।
.श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
बिपनाको कुरा छाडौ, सपनामा पनी परस्त्रीको सपना नदेख्ने। देखीहाले चुपचाप बस्ने श्रीमतीलाई नसुनाउने।
फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्ने। सलाईको काटीले चुलो मात्र होईन घरपनी जलाउन सक्छ।