शुक्रवार, आश्विन ३० गते २०८३

मिनि हर्टअट्याक भएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना

बिहिवार , चैत्र १५, २०८०

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।

उनलाई मुटुको समस्या भएपछि मनमोहन अस्पताल लगिएको उनको सचिवालयले नेपाल प्रेसलाई जानकारी दिएको छ ।

उनलाई आज बिहान ८ः३० मा अस्पताल लगिएको र मिनि हर्टअट्याक भएको बताइएको छ भने पल्स घट्ने तथा रक्तचाप घट्ने बढ्ने भइरहेको छ । चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेशनमा राख्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार