शुक्रवार, आश्विन ३० गते २०८३

रक्षा नेपालका किशोरीहरुको लागि दुध जन्य पदार्थ प्रदान

आइतवार , चैत्र १८, २०८०

काठमाडौ — सन् २००४ मा स्थापना भएको यौनजन्य हिंसामा परेका महिलाहरूको उत्थानमा क्रियाशील सामाजिक संस्था रक्षा नेपालका किशोरीहरुको लागि दुध जन्य पदार्थ प्रदान गरिएको छ ।

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव तथा सहयोगी मनका धनी श्याम कुमार घिमिरेले आइतबार मातातीर्थ मा रहेको संस्थामा आश्रित किशोरीहरुका लागि पनिर, दही, घ्यू लगाएतको दुध जन्य पदार्थ सहयोग प्रदान गरेका हुन् ।

युवा व्यवसायी घिमिरेले यौनजन्य हिंसा पीडित तथा प्रभावितको आश्रय दिंदै आएको रक्षा नेपाललाई आगामी दिनमा पनि सहयोग प्रदान गर्दै जाने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार