मंगलवार, आश्विन २० गते २०८३

रेशम चौधरीले बोलाए आकस्मिक बैठक

बिहिवार , चैत्र २२, २०८०

कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आकस्मिक बैठक बोलाएका छन् ।

चौधरीले सबै प्रतिनिधिसभा सदस्य र  प्रदेश सभा सदस्यलाई १० बजे केन्द्रीय पार्टी कार्यालय अनामनगरमा बैठक बोलाएका हुन् ।

महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा चयन भएका थिए । तर निर्वाचन आयोगले त्यसलाई बैधानिकता दिएको थिएन ।

निर्वाचन आयोगले उनलाई अध्यक्षको बैधानिकता नदिएपनि आफूलाई अध्यक्षको दाबी गर्दै उनले बैठक बोलाएका हुन् ।

आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिश्वासको मत लिने तयारी गरेका छन् । शाह सरकारलाई बिश्वासको मत दिने विषयमा नाउपा बिभाजन छ ।

रेशम चौधरी काङ्ग्रेस नेतृत्वकै सरकार जोगाउने पक्षमा छन् भने रन्जिता श्रेष्ठ एमाले माओवादीसहितको गठबन्धनको सरकार बनाउनुपर्ने जोडमा छिन् ।

यही विषयले नाउपामा लफडा सुरु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार