शुक्रवार, आश्विन ३० गते २०८३

मापसे गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित तीन कलाकार पक्राउ

बिहिवार , चैत्र २२, २०८०

काठमाडौँ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । 

गएराति काठमाडौँको थापागाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए । 

उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार