शुक्रवार, आश्विन ३० गते २०८३

सुनको मूल्य अहिलेसम्मकै धेरै, कतिमा भइरहेको छ कारोबार ?

बिहिवार , चैत्र २२, २०८०

काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार मात्रै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार कायम भई हालसम्मै उच्च मूल्यमा कारोबार भएको थियो ।

बुधबार प्रतितोला ‍ एक हजार रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँ कायम भएको छ ।

साथै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १६ सय ५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार