शुक्रवार, आश्विन ३० गते २०८३

राष्ट्रियसभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने एमाले निर्णय

बिहिवार , चैत्र २२, २०८०

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

राष्ट्रियसभा दल नेता देवेन्द्र दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘सत्ता गठबन्धनमा हामीले पाउने सहमति भइसकेको थियो’, उनले अनलाइनखबरसँग भने, ‘त्यसअनुसार हामीले उम्मेदवार टुंगो लगाएका हौं ।’

सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादी पनि गठबन्धनमा सहभागी भएपछि उसले उपाध्यक्षमा दाबी गर्‍यो र पाँच दलले गरेको सहमतिमा उपाध्यक्ष एमालेले लिने सहमति हटाइएको थियो ।

राष्ट्रयसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार