काठमाडौं । समाजका बिभिन्न ब्यक्तित्वहरु सम्मानित भएका छन । नयाँ बर्षको पूर्व सन्ध्या तथा स्वास्थ्य दिवसको अवसरमा राष्ट्रिय नागरिक बिकास समाजले शनिवार काठमाडौंमा आयोजना गरेको एक भव्य समारोहका बीच समाजका बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रथम उपराष्ट्रपति परमानन्द झाको हातवाट सम्मानित ब्यक्तित्वहरुले सम्मान पत्र पाएका हुन । सम्मानित हुनेहरुमा संवाद क्लव नेपालका अध्यक्ष राम गैरे, स्वास्थ्य समृद्धि एवं आध्यात्मिक अभियान्ता नील बहादुर राई, बरिष्ठ समाजसेवी लक्ष्मण मल्ल, बुद्धमार्गी आनी भिमसुवा, छाँया श्रेष्ठ, बरिष्ठ होटल पर्यटन ब्यवसायी युवराज घिमिरे, बरिष्ठ सौन्दर्यबिद् सुष्मा महरा, राजेश ख्यरगोली, धुर्व प्रसाद अँगाई, समाजसेवी यमुना केसी, सामाजिक अभियान्ता हिरामाया श्रेष्ठ, बाल अधिकारकर्मी शान्ता ढकाल, समाजसेवी उषा सिम्खडा, समाजसेवी अमर लामा, संचारकर्मी दुर्लभ थापा, गायिका तथा मोडल कुशुम परिवार, हिमालयन न्यूज एजेन्सी फूलमाया आले लगायत हुन । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रथम उपराष्ट्रपति परमानन्द झाले विगतमा आफैले धेरै कार्यक्रममा भ्रष्ट व्यक्तिलाई समेत सम्मान गर्नुपरेको स्मरण गर्दै समाजमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई मात्र सम्मानका लागि छनोट गर्नुपर्ने बताउनु भयो ।
उहाँले सम्मान पाउने कुरा आफैमा राम्रो भएको भन्दै सम्मानले व्यक्तिलाई समाजमा योगदानको लागि जिम्मेवारी थप्ने बताउनु भयो । राष्ट्रिय नागरिक बिकास समाजका अध्यक्ष महेशजंग कुँवरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।