काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमै कोरोना भाइरसविरुद्धको खोप उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढेको बताएका छन् । शुक्रबार २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले नेपालमै कोरोना खोपको व्यावसायिक उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढाइएको जानकारी दिएका हुन् ।
त्यस्तै उनले खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकृतिको चरणमा रहेको जानकारी दिएका छन् । त्यस्तै मन्त्री श्रेष्ठले फाइजर–बायोएनटेकको ६० लाख डोज खोपको खरिदको प्रारम्भिक काम सम्पन्न भई उत्पादक कम्पनीसँग खरिद प्रक्रिया थालनी गरिएको बताए ।