शुक्रवार, आश्विन ३० गते २०८३

सर्वश्री आनी भिमसुवा गुरुङ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित

मंगलवार , चैत्र २७, २०८०

काठमाडौं । विश्व बौद्ध धर्म संघकी संस्थापक अध्यक्ष तथा बरिस्ठ समाजसेवी सर्वश्री आनी भिमसुवा गुरुङ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनुभएको छ ।

सोमबार नागरिक क्रियशन प्रालिले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले भव्य समारोहका बीच बरिस्ठ समाजसेवी सर्वश्री आनी भिमसुवा गुरुङलाई सम्मान गर्नु भएको हो। सम्मानित सर्वश्री आनी भिमसुवा गुरुङ विगत लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहनु भएका गुरु रिम्पोछे ट्रस्ट र विश्व बौैद्ध धर्मसंघकी अध्यक्ष लगायत बिभिन्न सामाजिक संघ–संस्थाहरुमा आवद्ध भई दिनदुखी, गरिब, अनाथ, अशक्त र अन्य कार्यमा सहयोग गर्ने ,देशको इज्जत एवं गौरव बढाउने र कीर्तिमान कायम गर्ने तथा कोरोनाको समयमा समेत महत्त्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै सर्वश्री आनीलाई सम्मान गरिएको हो ।

नागरिक क्रियशन प्रालिको अध्यक्ष याम बहादुर जि.सीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा अवार्ड विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार