शुक्रवार, आश्विन ३० गते २०८३

अपराध नियन्त्रणमा प्रहरी समुदाय मिलेर अगाडि बढ्नुपर्छ : समाजसेवी न्यौपाने

बिहिवार , चैत्र २९, २०८०

काठमाडौँ । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले लागूऔषध दुव्यर्सनी, साइबर अपराध नियन्त्रणका लागि सामुदायिक सेवा केन्द्रले काम गरिरहेको बताउनुभएको छ ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आज यहाँ आयोजना गरेको ‘लागूऔषध दुव्र्यसनी तथा साईबर अपराध न्यूनीकरण सम्बन्धी अन्तक्र्रिया’ कार्यक्रममा बोल्दै उहाँले समाजमा हुने अपराध न्यूनीकरणका लागि प्रहरीसँग सहकार्य गरेर सामुदायिक सेवा केन्द्रले काम गरिरहेको बताउनुभएको हो । अध्यक्ष न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवी लगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आईरहेको बताउनुभयो ।

उहाँले समाजमा हुने लागूऔषध दुव्यर्सनी, साइबर अपराधलगायतको नियन्त्रणमा सामुदायिक सेवा केन्द्रले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको उल्लेख गर्नुभयो । समाजभित्रको अपराध नियन्त्रणका लागि प्रहरी र समाज मिलेर अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार