शुक्रवार, आश्विन ३० गते २०८३

महालेखा परीक्षकमा रायको नाम अनुमोदन

मंगलवार , बैशाख ४, २०८१

काठमाडौँ । महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस भएका तोयम रायको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।

मंगलबार सिंहदरबारमा भएको संसदीय सुनवाइका क्रममा रायको नाम अनुमोदन गरेको समिति सदस्य महेश बर्तौलाले जानकारी दिए । 

संवैधानिक परिषद्ले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको थियो । योसँगै राय राष्ट्रपतिबाट ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनेछन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार