काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ।
काठमाडौंको होटल सोल्टीमा नेपाल र कतारका प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्तापछि समझदारीमा हस्ताक्षर भएको हो।
नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
नेपालका तर्फबाट कानुनमन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेका छन् ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच भएको सम्झौतामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले हस्ताक्षर गरेका थिए।
मंगलबार नेपालको राजकीय भ्रमणमा आएका कतारी अमिर आजै स्वदेश फर्कनेछन्।