शुक्रवार, आश्विन ३० गते २०८३

कतारका राजाले दिए नेपाल सरकार र जनतालाई धन्यवाद

बुधवार , बैशाख १२, २०८१

काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले आफ्नो नेपाल भ्रमण सफल बनाएकोमा नेपाल सरकार र यहाँका जनतालाई धन्यावाद दिएका छन् ।

आफ्नो एक्स (ट्वीटर) मार्फत उनले मित्र राष्ट्र नेपालको पहिलो भ्रमणको क्रममा यहाँको ऐतिहासिक कुरा तथा आर्थिक अवस्थाको बारेमा जानकारी प्राप्त भएको बताउँदै उनले अतिथ्यका लागि उनले धन्यवाद दिएका हुन् ।  

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा आर्थिक सम्बन्ध तथा द्विपक्षीय सहयोगलाई अझ उचाइमा पुर्‍याउने विभिन्न विषयमा कुराकानी भएको उनले उल्लेख गरेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार