शुक्रवार, आश्विन ३० गते २०८३

सामुदायिक स्वास्थ्यका लागि कश्यप एकेडेमीको निःशुल्क योग शिविर

बुधवार , बैशाख १९, २०८१

काठमाडौं। विज्ञान-प्रविधि, आध्यात्मिकता र उद्यमशीलतासँगै व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गरि आधुनिक शैलीको पठन पाठनमा विशेष जोड दिँदै आएको कश्यप एकेडेमीले निशुल्क योग सिकाउँदै आएको छ ।

मैत्रीनगर, कलंकी, काठाडौंमा रहेको कश्यप एकेडेमीले विद्यार्थी र अभिभावकलाई निरन्तर योग अभ्यास गराउने उद्देश्य सहित योगतिर्थ (आद्यात्मिक संस्था)को सहकार्यमा आध्यात्मिक गुरु कन्चन घिमिरेबाट प्रदान हुने योग प्रशिक्षण प्रत्येक दिन बिहान ५ देखि ६ बजेसम्म १ घण्टा योग अभ्यास भइरहेको छ । शैक्षिक सत्र २०८१ देखि स्कुलमा नियमित र निःशुल्क योग कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । त्यसका लागि बिहान १ घण्टा समय छुट्याइएको छ।

c04c8cbd-7a51-4830-93cc-f807cad0c584.jpg

योगका माध्यमबाट मानसिक र शारीरिक सन्तुलन कायम राख्दै विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य छ । योग गर्दा स्वास्थ्य रहन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने अभियानमा स्कुल लागेको संस्थापक प्रिन्सिपल आर.बी. अधिकारीले जानकारी दिनुभयो ।

f6134df9-7f45-4569-8025-81dbb244f7dd.jpg

योगले शारीरिक तन्दुरुस्ती, सोचमा शून्यता र दृष्टिमा समानता ल्याउने भएकोले उपस्थित भएर स्वास्थ लाभ लिन शिक्षक , विद्यार्थी , अभिभावक र सम्पूर्ण योग अभ्यास गर्न रुचि भएका शुभेच्छुकहरूमा पनि प्रिन्सिपल अधिकारीले अपिल गरेका छन् ।

कश्यप एकेडेमी स्कुलले छोटो समयमा नै गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावक माझ आफ्नो भिन्न पहिचान बनाउँदै विद्यार्थी अनुकूल शिक्षण पद्धति अनुसार शिक्षण सिकाइ गरिने भएकोले अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा पर्दै आएको छ ।

e8b9d379-ddae-417e-a58a-de02c050077c.jpg

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार