शुक्रवार, आश्विन ३० गते २०८३

कांग्रेसका नेताहरु बालुवाटार जादैँ

शुक्रवार , जेठ ४, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई छलफलमा बोलाएका छन्।

प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ६ बजे छलफलका लागि बोलाएको कांग्रेसका  नेताहरुले जानकारी दिए।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। 

कांग्रेसका उक्त मागमा राप्रपा, जसपा नेपाल, लोसपालगायत दलले पनि समर्थन जनाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार