शुक्रवार, आश्विन ३० गते २०८३

‘द पोएट आइडल’ को टप ४ मा ‘डाक्टर कवि’ मुस्कान पोखरेल, भोट हालेर विजय गराउन मुस्कानको आग्रह

आइतवार , जेठ ६, २०८१

काठमाडौ , मेडिकल डाक्टर मुस्कान पोखरेलको परिचय यतिबेला कविको रुपमा पनि दर्ज भएको छ । ‘द पोएट आइडल’को अन्तिम चरणमा पुगेकी उनको यतिबेला चर्चा चुलिँदो छ ।

अन्तिम चार प्रतिस्पर्धीमध्य उनको अबको जित निर्धारण भोटिङले गर्ने छ । उक्त ‘द पोएट आइडल’ मा विजेताले नगद १० लाख रुपैयाँ सहित ट्रफी उचाल्ने छन । मुस्कानलाई जिताउन देश विदेशबाट लागिपरेका छन । धादिङ स्थायी घर भएकाले बढी धादिङका ब्यक्तिहरु संघ,संस्था संगै ताप्लेजुङबाट रोहित घिमिरे, पोर्चुगलबाट गोविन्द बुढाथोकी लगाएत सक्रिय छन । उनीमात्रै होइन देशविदेशमा मुस्कानलाई जिताउन भन्दै शुभेच्छुकहरु लागिपरेका छन भने उनलाई जिताउन भोट हाल्नेहरु दिन प्रतिदिन बढ्दो छ । तीन महिनामा ३० शृङ्खलासम्म प्रसारण भएको आइडलको आगामी जेठ १२ गते शनिबार नजिता सार्वजनिक हुँदैछ ।

मुस्कानसँगै विजय लुइँटेल (इलाम), सिमियोङ सुकिता राई (सिक्किम) र मोहित जोशी (कैलाली) रहेका छन् । मुस्कानले आफुलाई अत्याधिक भोट हालेर विजय गराउन समस्त स्वदेस तथा विदेशमा रहेका नेपालीहरुलाइ आग्रह गरेकी छन । मुस्कान पोखरेललाई  विदेशबाट खल्ती र इ-सेवाबाट पनि भोट गर्न सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार