शुक्रवार, आश्विन ३० गते २०८३

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक सुरु

मंगलवार , जेठ ८, २०८१

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक सुरु भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक सुरु भएको हो ।

कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका ज्ञानेन्द्र कार्की र जीवन परियार र रास्वपाका शिशिर खनाल सहभागी छन् ।

कार्यदलले आजको बैठकमा कार्यादेश बनाउनेतर्फ उन्मुख हुने कानूनमन्त्री पदम गिरीले बताए ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलको सोमबारको बैठकमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश बनाउने सहमति नजिक पुगेको थियो । तर कांग्रेस भाँडिएपछि बैठक भाँडिएको थियो ।

कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार