काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली नेकपा एमालेमै फर्किएकी छन् । तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनि एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्रमा लागेकी थिइन ।
उनले सोमबार विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजयी भएको भन्दै एमालेमै फर्किएको बताएकी छन् । दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित उत्तरकुमार वलीको मृत्यु भएपछि उनकी पत्नी विमला उपनिर्वाचनमा विजयी भएकी थिइन् । उनी नेकपा एमालेमा फर्किएपछि ८० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सांसद संख्या ३९ पुगेको छ ।