बिहिवार, आश्विन २९ गते २०८३

इन्टरनेशनल मानब अधिकार संगठन नेपालको आयोजनामा स्यानिटरी प्याड हस्तान्तरण र हिंसा रोकथाम सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न ।

बुधवार , जेठ १६, २०८१

काठमाडौं । महिनावारी स्वच्छता दिवस मे २८, २०२४ को शुभ अवसरमा इन्टरनेशनल मानब अधिकार संगठन नेपालले टङ्गाल माध्यमिक विद्यालय काठमाडौंका किशोरीहरुलाई लक्षित गरी महिनावारी स्वच्छता र व्यवस्थापन सम्वन्धी अभिमुखीकरण, स्यानिटरी प्याड हस्तान्तरण र हिंसा रोकथाम सम्वन्धी सचेतना कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

7311ddb1-fc72-40b5-be57-e0901d6f65e6.jpg

कार्यक्रममा महिनावारीको परिभाषा, महिनावारी चक्र, महिनावारी स्वच्छता व्यवस्थापन, महिनावारी सम्वन्धी प्रचलित धारणाहरु, महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने कुराहरु, महिनावारी स्वच्छता र व्यवस्थापनका लागि समुदायमा गर्न सकिने प्रयासहरुका बारेमा विस्तृत रुपमा छलफल गरिएको थियो ।

6706eba3-6ec6-43aa-b9ec-888f201950a8.jpg

अभिमुखीकरण कार्यक्रमसँगै सहभागीहरुलाई स्यानिटरी प्याड हस्तान्तरण गरिएको थियो । कार्यक्रममा १३ बर्षभन्दा माथीका ६० जना किशोरीहरुको सहभागिता रहेको थियो भने यौन तथा लैगिंक विभेदमा आधारित हिंसा रोकथाम सम्वन्धी सचेतना कक्षा पनि संचालन गरिएको थियो ।

समारोहमा इन्टरनेशनल मानब अधिकार संगठन नेपालका राष्ट्रिय अध्यक्ष, महासचिव लगायत स्कूलका शिक्षक, शिक्षिका सहित विद्यालय परिवारको उपस्थिति रहेको थियो ।

4f916539-006f-4b72-9cd7-1268be0795bc.jpg

सो छलफल, स्यानिटरी प्याड हस्तान्तरण र हिंसा रोकथाम सम्वन्धी सचेतना कार्यक्रमको कार्यक्रम संयोजक इन्टरनेशनल मानब अधिकार संगठन नेपालकी उपाध्यक्ष शिला न्यौपानेले गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार