आइतवार, आश्विन २५ गते २०८३

कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सर्वोच्चद्वारा सदर

सोमवार , श्रावण १८, २०७८

काठमाडौं । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका चार सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि भएको अन्तरिम आदेश खारेजीको माग गर्दै दिएको भ्याकेटमा सुनुवाइ गर्दै अदालतले कारबाही सदर गरेको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भ्याकेट निवेदकको माग बमोजिम हुने फैसला गरेको सर्वोच्च प्रशासनले जनाएको छ । यसअघि अदालतले उनीहरुको पदमा थमौती गर्दै अन्तरिम आदेश दिएको थियो । सोविरुद्ध ओलीले भ्याकेट निवेदन दर्ता गराएका थिए ।

नेता माधव नेपाल पक्षका सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मत दिएकै कारण कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार