बिहिवार, आश्विन २९ गते २०८३

बजेटमा एमालेको असन्तुष्टि, उपाध्यक्ष पौडेल

आइतवार , जेठ २०, २०८१

काठमाडौं । प्रमुख सत्तारुढ नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका क्रममा अर्थमन्त्री वर्षमान पुनले कुनै सल्लाह सुझाव नलिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

आइतबार बसेको संसद् बैठकमा जेठ १५ गते प्रस्तुत विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने क्रममा पूर्व अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले असन्तुष्टि जनाएका हुन् ।

उनले बजेटमा केही कमजोरी र समस्या देखिएको भन्दै तयारीकै बेला अर्थमन्त्रीले सल्लाह गरेको भए ती नदेखिने बताए ।

‘हामीलाई थाहा छ अर्थमन्त्री व्यस्त हुनु भयो, उहाँको व्यस्ता हामीले बुझेका छौँ’, उनले भने, ‘व्यस्ततका कारण सरकारमा रहेका दलका नेताहरूसँग सुझाव लिन भ्याउनु भएन । म अर्थमन्त्रीको व्यस्तता बुझ्छु’, उनले भने, ‘तर हामीसँग, सत्ता साझेदारहरूसँग बजेट बनाउँदा सल्लाह लिनु भएको भए राम्रो हुन्थ्यो ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार