बिहिवार, आश्विन २९ गते २०८३

बालेनले ओलीलाई के भने ??

सोमवार , जेठ २१, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्युरोडमा पेटी बनाउन सडक काट्न अवरोध भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आरोपित गरेका छन् । 

सोमवार बिहान आफ्नो फेसबुक पेजमा लामो स्टाटस लेख्दै बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी- स्टेटको काण्ड लुकाउन र विषयान्तर गर्न राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूले बनाउन लागेको फुटपाथमा फेरि सडक बनाउन थालेको आरोप लगाएका छन् । 

उनले भनेका छन्- १० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं  भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।  

यहि  १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । 

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार