बिहिवार, आश्विन २९ गते २०८३

बालेनलाई काम गर्न दिनुपर्छ : विश्वप्रकाश शर्मा

बिहिवार , जेठ २४, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले काठमाडौंको न्यूरोडमा सडकपेटी (फुटपाथ) बढाउन जरूरी रहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभामा बोल्दै शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउनुपर्ने आवश्यकता रहेको बताए।

न्यूरोडमा सडकपेटी बढाउने काम गर्न काठमाडौं महानगरलाई दिनुपर्ने उनले बताए।

‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्‍यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि!, त्यही तहमा रहेको पार्टीका प्रतिनिधिहरूलाई भने हुन्छ नि। तिनले त्यहीँ भने भइगो नि, मेयरसाब संयमले बोल्नुस्। जेल बसेका नेताहरूलाई सम्मानले बोल्नुस्, तपाईंको शैली बदल्नुस्,’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मेयर बालेन शाहलाई लक्षित गर्दै दिएका अभिव्यक्तिप्रति शर्माले भने, ‘तर आफै सुनिनुभयो बोल्न।’

सघं र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्ने शर्माको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार