बिहिवार, आश्विन २९ गते २०८३

नेपाली बजारमा घट्यो सुनको मूल्य

आइतवार , जेठ २७, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा साताको पहिलो दिन आज सुन तोलामा ४ हजार रुपैयाँले घटेको छ । धेरैपछि एकैदिन ४ हजार रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य घटेर आज १ लाख ४१ हजार निर्धारण भएको छ । यस्तै तेजाबी सुन आज १ लाख ४० हजार ३ सय रुपैयाँ तोकिएको छ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले बढेको छ। शुक्रबार एक हजार ९ सयमा कारोबार भएको चाँदी आज एक हजार ८सय २५मा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार