बिहिवार, आश्विन २९ गते २०८३

राप्रपा सांसद रोशनले सदनमा गरिन् ललितपुरका मेयर र उपमेयरको प्रशंसा

शुक्रवार , आषाढ १, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले प्रतिनिधिसभा बैठकमा ललितपुर महानगरपालिकाकाका मेयर र उपमेयरले मिलेर काम गरेको भन्दै प्रशंसा गरेकी छन् ।

महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर मञ्जली शाक्य बज्राचार्यले छुट्टाछुट्दै पार्टीबाट जितेको भएपनि मिलेर धेरै राम्रो काम गरेको देख्दा प्रशंसा नगर्दा अन्याय हुने उनले बताइन् । महर्जन कांग्रेस र उपमेयर शाक्य एमालेबाट निर्वाचित भएका हुन् ।

उनले भनिन्, ‘उहाँहरू दुईजनाको कम्बिनेशलले यति राम्रो काम गरेको छ कि म प्रशंसा नगरी रहन सक्दिनँ । यदि मैले यहाँ उभिएर मेयर र उपमेयरको प्रशंसा गरिन भने उहाँहरूप्रति अन्याय हुन्छ । हामीले विरोध पनि गर्न सक्नुपर्छ, प्रशंसा पनि गर्न सक्नु पर्छ । उहाँहरूले धेरै राम्रो काम गर्नु भएको छ । जुन वनसँग पनि सम्बन्धित छ । त्यहाँ उहाँहरूले मुहानहरुको खोजी गर्नु भएको छ । गोदावरी नगरपालिकामा ५/६ वटा मुहान छ । त्यहाँ डीपीआर भईसकेको छ । त्यसपछि दक्षिणकालीमा पनि ३/४ वटा मुहान छ । दक्षिणकालीको सिस्नेरी खानेपानी मुहानमा डीपीआर भएको छ । यो सबैभन्दा ठूलो कुरा हो । यसमा उपत्यका खानेपानीले लगानी गरिराखेको छ । ’

सांसद कार्कीले ओर्खु-बालकुमारी ललितपुरले ढल प्रशोधनको काम सुरू गरेपनि ठेकदारले पैसा खाएर भागेको भन्दै उनीमाथि कारबाही गर्न पनि माग गरिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार