बिहिवार, आश्विन २९ गते २०८३

टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन सांसद असिम साहको माग

शुक्रवार , आषाढ १, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले सरकारले टिकटक माथि लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन्। 

शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद साहले व्यवस्थित र नियन्त्रित रूपमा टिकटक खुलाउन माग गरेका हुन्। 

सरकारले बन्द गरेपनि ५० लाख प्रयोगकर्ताहरूले भिपिएन प्रयोग गरी टिकटक चलाइरहेको उनले बताए। टिकटकमा प्रतिबन्ध लगाएपनि सामाजिक सञ्जालका अन्य प्लेटफर्महरू चलिरहेकाले अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिबन्ध औचित्य नहुने बताए। 

'टिकटक बन्द भएपछि विकृतिको तथ्यांक वा प्रतिवेदन त छैन होला तर टिकटक बन्द भएपछि ब्याण्डविथ घटेर डाटा बिक्रीबाट हुने आम्दानी घटेर एनसेलको एक अर्ब ४४ करोड र एनटिसीको डेढ अर्ब रूपैयाँ घाटा भएको देखाएको छ,'  उनले भने। 

टिकटकबाट सानो व्यापारीले गरेको घरेलु व्यवसाय र स्वतन्त्र व्यवसायीहरू बेरोजगार र विस्थापित भएको हिसाबकिताब गरी साध्य नभएको सांसद साहले बताए।

'अरू पनि सूचीकृत नभएका फेसबुक इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालहरू बिनारोकटोक चलिरहेका छन्। तर टिकटकमा मात्रै विकृती र अपराध फैलिने कुरा स्वीकार्य छैन। अभिव्यक्ति स्वतन्त्रताको समर्थन गर्दै व्यवस्थित र नियन्त्रित रूपमा टिकटक खोल्न सरकारसँग आग्रह गर्छु,'  उनले भने। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार