बिहिवार, आश्विन २९ गते २०८३

टुँडालदेवीमा मनाइयो ‘विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसʼ

आइतवार , आषाढ ३, २०८१

काठमाडौं । समुदायिक सेवा केन्द्र टुँडालदेवीले ‘विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस २०२४ʼ विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

समुदाय र प्रहरीको साझेदारी अवधारणाअन्तर्गत सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको आयोजनमा शनिबार विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसʼ २०२४ कार्यक्रम गरिएको हो ।download.jfif


प्रहरी वृत्त महाराजगञ्जका प्रमुख अमर बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वृद्धवृद्धालाई दोसल्ला ओडाई सम्मान गरिएको थियोे । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले जेष्ठ नागरिक को हुन्, उनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ, दुर्व्यवहार भएमा कहाँ कसरी उजुरी गर्ने भन्नेबारे जनचेतना जगाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।download (2).jfif

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार