बिहिवार, आश्विन २९ गते २०८३

काँग्रेसले भन्यो-संसदीय समितिको बैठकमा एनजीओले खाजा खुवाउनुपर्ने स्थिति बन्नु दुःखद्

सोमवार , आषाढ ४, २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय समितिको बैठकमा एनजीओले ल्याएको खाजा खुवाउनुपर्ने स्थिति आउनु दुखद् भएको बताएको छ ।

संसद सचिवालयका कर्मचारीको आन्दोलनपछि आज सभामुख र राष्ट्रिय सभाको अध्यक्षले राखेको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले समितिको बैठकमा एनजीओले खाजा खुवाउनुपर्ने विषय गम्भीर र संवेदनशील भएको बताए ।

उनले भने, ‘हिजोको राज्यव्यवस्था समितिको बैठकमा एनजीओले ल्याएको खाजा खुवाएको विषयमा बैठकमा छलफल भयो । यो गम्भीर र संवेदनशील विषय हो । कतिपय अरु समितिहरूमा पनि एनजिओहरूले बेलाबखतमा खाजाको व्यवस्था गर्ने गरेका थिए । तर, संसदले व्यहोर्न नसकेर एनजिओसँग मागेको हो कि एनजिओहरूले पनि समितिका कामकारबाहीहरू गरिरहेका हुन्छन् । त्यही सन्दर्भमा गरेका हुन् मलाई पर्याप्त जानकारी छैन ।’

संसद र सरकारले रकम नव्यहोरेका कारणले बाहिरबाट ल्याएर काम चलाउनुपर्ने कुरा दुखद् भएको बताए ।

हिजो राज्यव्यवस्था समितिको बैठकमा गैरसरकारी संस्थाले खाजा बाँडेपछि खैलाबैला भएको थियो । गृहमन्त्री रवि लामिछाने बैठक छाडेरै हिँडेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार