काठमाडौं । नेपाली संगीत क्षेत्रमा बिगत लामो समयदेखि सक्रिय युवा मोडेल, कलाकार तथा नृत्य निर्देशक वेदबहादुर बुढाथोकी (रोशन) सम्मानित भएका छन् ।
शनिबार राष्ट्रिय नाचघर जमलमा तिलक फिल्मस प्रालिको आठौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बिशेष समारोहमा प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले भव्य समारोहका बीच बुढाथोकीलाई सम्मान गर्नु भएको हो।
सम्मानित भए पछि बुढाथोकीले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा तिलक फिल्मस प्रालिका अध्यक्ष दिपक जोशीलाई धन्यबाद दिदै नेपाली गीत, संगीत क्षेत्रको सम्वृद्धिका निम्ति अझै क्रियाशील हुन र कलाकारिता यात्रालाई उचाई तर्फ बढाउन यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।
यस अघिपनि विभिन्न संघ–संस्थाहरुबाट सम्मानित भईसक्नु भएको बुढाथोकीले विभिन्न लोक, आधुनिक, पपगीतहरुमा नृन्य निर्देशन एवं अभिनय गर्दै आउनुभएको छ । विभिन्न शैक्षिक संस्थाहरुमा नृत्य प्रशिक्षकका रुपका कार्यरत बुढाथोकी नेपाली गीत संगित क्षेत्रको सफल व्यक्तिका रुपमा परिचित हुनुहुन्छ ।