बिहिवार, आश्विन २९ गते २०८३

प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

बुधवार , आषाढ २०, २०८१

काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले शपथ लिएका छन् ।

हिजो नियुक्त भएका अधिकारीलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथपछि उनले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाए ।

पूर्वसचिवसमेत रहेका अधिकारीले भने, ‘मेरो मुख्य भूमिका भनेको प्रतिनिधिसभाको कामलाई व्यवस्थित गर्नको लागि सघाउ पुर्‍याउनु हो । र, सम्माननीय सभामुखज्युको काममा सहयोग गर्ने, संसदमा प्रस्तुत हुने एजेण्डाहरुको बारेमा अध्ययन गर्ने र पेश गर्ने लगायतका कामहरू पर्छन् । सभामुखलाई सहयोग गर्ने, संसदका काम, कारबाहीलाई व्यवस्थित गर्नु, पारदर्शी बनाउनको लागि मेरो सहयोग र भूमिका रहनेछ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार