सोमवार, श्रावण २५ गते २०८३

न्याय सेवा आयोगले माग्यो १८ जना न्यायाधीश (विज्ञापनसहित)

मंगलवार , श्रावण १९, २०७८

काठमाडौं । न्याय सेवा आयोगले १८ जना  न्यायाधीशका लागि दरखास्त आह्वान गरेको छ। 

आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न १८ जनाको लागि दरखास्त माग गरिएको हो। नेपालको संविधानको धारा १४९ को उपधारा २ को खण्ड ‘ख’ र ‘ग’ बमोजिम खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिनेछ। जिल्ला न्यायाधीशका लागि आवश्यक न्यूनतम योग्यता संविधानमा तोकिएबमोजिम हुनेछ।

योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिन भित्र दरखास्त दिनुपर्ने छ। दरखास्त दस्तुर रामशाहपथस्थित न्याय परिषद् सचिवालयको कार्यालयमा बुझाउनुपर्ने छ ।

लिखित परीक्षा कार्यक्रम असोज १२ देखि १७ गतेसम्म तोकिएको छ।

हेर्नुहोस् विज्ञापन

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार