बिहिवार, आश्विन २९ गते २०८३

संविधान संशोधन गर्न सर्वपक्षीय सहमति चाहिन्छ : महिन्द्र राय यादव

मंगलवार , आषाढ २६, २०८१

काठमाडौँ । नेपाल समाजवादी पार्टीका सांसद महिन्द्रराय यादवले प्रधानमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले यही असार २८ गते विश्वासको मत लिने र प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेकोले विश्वासको मत नपाएमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्ने उल्लेख गर्दै २८ गतेसम्मका लागि प्रतीक्षा गर्न आग्रह गरे ।  

उनले संविधान संशोधन जटिल विषय रहेको बताउँदै सांसद यादवले कांग्रेस र एमाले मिलेर थ्रेस होल्ड हटाउने र २ दलीय सिष्टम हुनेगरी संविधान संशोधन गरे देश कहाँ पुग्छ भन्दै प्रश्न गरे । संविधान संशोधन गर्न सर्वदलीय बैठकमा सहमति हुनुपर्नेमा जोड दिए । 

तराई मधेसका जिल्लाहरूमा आएको बाढीले ठुलो क्षति भएको, ती ठाउँमा राहत र उद्धारको काममा ढिलाइ भएको बताए । उनले चुरेको संरक्षण नहुँदा हरेक वर्ष ४ हेक्टर जमिन मरुभूमीकरण हुँदै गएको उल्लेख गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार