बिहिवार, आश्विन २९ गते २०८३

अस्पतालको झ्यालबाट खसेर क्यान्सर बिरामीको मृत्यु

बिहिवार , श्रावण ३, २०८१

चितवन । भरतपुरको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर एक बिरामीको मृत्यु भएको छ ।

हुप्सीकोट गाउँपालिका-  २, घर भएको ७६ वर्षीय बलबहादुर खाम्चा मगर आज साढे ११ बजे अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते भएकोमा सोही अस्पतालमा मृत्यु भएको हो ।

मगर बुधबार पिसाब थैलीमा क्यान्सर भएकोले अस्पतालमा उपचार गर्न आएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

उनी आज बिहान १० बजेर ४० बजे अस्पतालको झ्यालबाट खसेका थिए ।

डीएसपी रिजालका अनुसार दृष्टिविहीन मगर बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खस्न गएको जानकारी आएको थियो ।

उनले बाँकी विषयमा भने प्रहरीको अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार