सोमवार, श्रावण २५ गते २०८३

कक्षा १२ को नतिजा सार्वजनिक,१ लाख ८७ हजार विद्यार्थी अनुतिर्ण

शुक्रवार , श्रावण १८, २०८१

काठमाडौं । कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ जना ननग्रेडिङ (एनजी) आएको छ ।

परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् ।

आज सार्वजनिक भएको नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका छन् । ४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ ।

यस्तै १‍‍.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी १२ जना रहेका छन् । सबैभन्दा बढी बाग्मती प्रदेशमा एनजी आएको छ । ३८ हजार  १४६ जनाको एनजी आएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार