काठमाडौं । प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने बताएकी छिन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेतृ झाँक्रीले सरकारको तायित्व संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै भनाई पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि रहेको भनाई राखिन् ।