काठमाडौं । उपत्यकाको जारी निषेधाज्ञा थप एक साता थपिएको छ । मंगलबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २१ गतेदेखि २७ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
जारी निषेधाज्ञा २१ गते सकिदै छ । प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस सम्मेलन, गोष्ठी, जुलुस,¥याली जस्ता गतिविधि गर्न रोक लगाएको छ । निर्माण सामग्रीको ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाइने निर्णय भएको छ । अरु निर्णय भने पुरानोलाई नै निरन्तरता दिइएको छ ।