आइतवार, आश्विन २५ गते २०८३

जसपाको महन्थ ठाकुरले दायर गरेको रिटमा सुनुवाइ हुँदै

बुधवार , श्रावण २०, २०७८

काठमाडौं । पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ  हुने भएको छ ।

यससँगै ठाकुर १५ गते सर्वोच्च गएका थिए । रिटमा निर्वाचन आयोग समेतलाई विपक्षी बनाइएको छ । निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी (जसपा)को विधान विपरीत भएको दाबी गरिएको छ ।

नेता ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास तोकिएको छ । निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार