काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार पत्रकारसँगको कुराकानीमा उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले यस घटनामा सबै दल एकै ठाउँमा हुनुपर्ने र संसद्को तागत सरकारलाई सुम्पनुपर्ने बताए ।
नेपालको चुच्चे नक्शा सार्वजनिक गर्दा संसद्को तागत र सबैको सहयोगले नै सम्भव भएको थियो‚’ उनले भने‚ ‘त्यो तागत फेरि दार्चुला घटनाको छानबिनका लागि दिनुपर्छ ।’ दार्चुला व्याँस गाउँपालिकाका युवा जयसिंह धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बलले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका छन् ।तर भारतिय पक्षले आफ्ना सुरक्षाबलको संलग्नता अश्विकार गरेको छ ।