मंगलवार, आश्विन १३ गते २०८३

आइपिएलको मेगा अक्सन आज र भोलि साउदी अरबमा हुदै

आइतवार , मंसिर ९, २०८१

काठमाडौँ । इण्डियन प्रिमियर लिगको २०२५ को लागि खेलाडीको मेगा अक्सन आज हुदै छ । आइपिएलको मेगा अक्सन यस पटक साउदी अरबको शहर जेद्दामा आज र भोलि दुई दिन हुदै छ ।

आईपीएल गभर्निङ काउन्सिलले यस अक्सनका लागि ३६६ भारतीय र २०८ विदेशी खेलाडीसहित ५७४ खेलाडीको अन्तिम सूची सार्बजनिक गरेको छ ।

यस अक्सनका लागि कुल १५७४ खेलाडीहरू दर्ता भएका थिए, तर आइपिएल गभर्निङ काउन्सिलले १००० खेलाडीलाई बाहिर राख्दै ५७४ खेलाडीलाई अन्तिम अक्सनका लागि छानेका छन् । अब यी खेलाडीबाट आइपिएल फ्रेन्चाइजीहरुले २०४ खेलाडी छनौट गर्ने छन् । यस अक्सनमा ८१ खेलाडीको आधार मूल्य २ करोड भारु रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार