मंगलवार, आश्विन १३ गते २०८३

रियलको जितमा एमबाप्पेको गोल

सोमवार , मंसिर १०, २०८१

एजेन्स । रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतवार लेगानेसलाई ३-० ले हराएको छ।

रियलका लागि केलियन एमबाप्पे, फेडरिको भाल्भार्डे र जुड बेलिङघमले गोल गरे । यो जितपछि रियलले शीर्षस्थानको बार्सिलोनासँगको दूरी ४ अंक भएको छ। शनिवार बार्सिलोना बराबरीमा रोकिएको थियो ।

एमबाप्पेले ४३ औं मिनेटमा गोल गर्दा रियलले पहिलो हाफमा १-० को अग्रता बनायो। रियलमा यो उनको सातौं गोल हो। भाल्भार्डेले ६६ औं र बेलिङघमले ८५ औं मिनेटमा गोल गरेपछि रियलले सहज जित निकाल्यो । १३ खेलमा रियलको ३० अंक पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार