काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २,९७५ जना र ४,९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ११३२ जना गरी ४,१०७ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । त्यस्तै २द्ध घण्टामा एक हजार पाँच सय ३५ जना कोरोनामुक्त भएका छन् । त्यस्तै बुधबार काठमाडौंमा ९ सय ८, भक्तपुरमा दुई सय ६ र ललितपुरमा एक सय ६५ गरी उपत्यकाभित्र कुल १२ सय ७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ३३ हजार ४६४ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।