मंगलवार, आश्विन १३ गते २०८३

एनपीएल खेल्न नेपाल आइपुगे वेष्ट इन्डिजका चाडविक वाल्टन

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगेका छन्। नेपाल प्रिमियर लिग (एनपिएल) का लागि कर्णाली याक्सवाट खेल्नका लागि वाल्टन मंगलबार काठमाडौं आइपुगेका हुन्।

कर्णाली याक्सका अनुसार विमानस्थलमा वाल्टनलाई मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।

सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ४ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार