मंगलवार, आश्विन १३ गते २०८३

च्याम्पियन्स लिगमा रियलमाथि लिभरपुलको जीत

बिहिवार , मंसिर १३, २०८१

काठमाडौँ ।  इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडमाथि सानदार जीत निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले रियललाई २-० ले पराजित गरेको हो ।

च्याम्पियन्स लिगको पाँचौं चरणको खेलसम्म अपराजित रहेको लिभरपुलले म्याक एलिस्टरको गोलमार्फत ५२औं मिनेटमा पहिलो अग्रता लिएको थियो ।

त्यसपछि खेलको ७६औं मिनेटमा कोडे गाक्पोको गोलमार्फत लिभरपुलले रियलमाथि २-० को जीत निकाल्यो । जीतपछि पाँच खेलबाट १५ अङ्कसहित लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लँदा पराजित रियल भने समान खेलबाट ६ अङ्कसहित तालिकाको २४औं स्थानमा छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार