काठमाडौं । यू-१९ एसिया कप अन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ । नेपालले आफ्नो पहिलो खेल श्रीलंकाविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि सारजाह क्रिकेट स्टेडियममा हुदै हुदै छ ।
एशिया कप खेल्न हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टिम युएईमा रहेको छ । जसमा हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकास त्रिपाठी, उत्तम रंगु थापा मगर, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडल, अविशेख तिवारी र रन्जीत कुमार रहेका छन् ।
त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षकमा शक्ति गौचन रहेका छन् भने सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन् । मंसिर १४ देखि २३ गतेसम्म ( नोभेम्बर २९ देखि डिसेम्बर ८ ) हुने यू-१९ एशिया कपमा नेपालसहित आठ देशले भाग लिदै छन् ।