मंगलवार, आश्विन १३ गते २०८३

यु-१९ एसिया कपमा श्रीलंकासँग नेपाल पराजित

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । युएईमा जारी यु-१९ एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ ।

श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा समेटियो । नेपालका मायन यादवले सर्वाधिक ६१ रन बनाए ।

आकाश त्रिपाठीले १९, उत्तम मगरले १४, नरेन भट्टले १७ र अर्जुन कुमालले १२-१२ रन बनाए । बलिङका श्रीलंकाका प्रविन मनिषले सर्वाधिक ३ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार