काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) मा जारी यु-१९ एसिया कपमा नेपालले आज दोस्रो खेल खेल्ने भएको छ ।
नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार बिहान १०ः४५ मा सुरु हुदैछ ।
पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल बंगलादेशलाई हराउँदै पहिलो जितको खोजीमा रहेको छ ।