मंगलवार, आश्विन १३ गते २०८३

बार्सिलोना घरेलु मैदानमा पराजित

आइतवार , मंसिर १६, २०८१

काठमाडौं। बार्सिलोना  घरेलु मैदानमा पराजित भएको छ। शनिबार राति भएको खेलमा लास पाल्मासले २–१ को जित हासिल गर्दै ऐतिहासिक नतिजा निकालेको हो। क्यानरी आइल्यान्ड्स क्लबले क्याटलानमा ५० वर्षपछि पहिलो जित हासिल गरेको हो।

लास पाल्मासका लागि सान्ड्रो रामिरेज र फाबियो सिल्भाले गोल गरे। बार्सिलोनाका नयाँ प्रशिक्षक ह्यान्सी फ्लिकको नेतृत्वमा उत्कृष्ट सुरुआत गर्दै बार्सिलोनाले घरेलु मैदानमा लगातार आठ खेल जितेको थियो। टोलीले रियल मड्रिड र च्याम्पियन्स लिगमा बायर्न म्युनिखलाई पराजित गरेको थियो। तर, पछिल्ला तीन ला लिगा खेलमा टोलीले जित निकाल्न सकेको छैन।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार