मंगलवार, आश्विन १३ गते २०८३

यू–१९ कप : बंगलादेशसँग पराजित भएपछि सेमिफाइनल दौडबाट बाहिरियो नेपाल

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । युएईमा जारी यू-१९ एसिया कपमा नेपाल दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । लगातार दोस्रो हार बेहोरेको नेपाल सेमिफाईनबाटै बाहिरीएको छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।

नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको बंगलादेशले २८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गरेको थिो । बंगलादेशका जबार अबारले ५९ रन र मोहम्मद हाकिमले ५२ रन बनाए । बलिङमा नेपालका युवराज खत्रीले ४ र कप्तान हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार